एक पल
पुरै जीवन चाहिँदैन
जीउनलाई
केवल एक पल नै काफी हुन्छ
यादमा रमाउनलाई
त्यो पल नै काफी हुन्छ
जीउने आधार बनाउनलाई
फेरी,
थाकेको शरीर त निको होला
दिलै थाकेपछि
के को याद के को सम्झना
घाउँ नै काफी हुन्छ जीउनलाई ।
हर उक्साहट तितो यथार्थ
पृथक परिवेश
बोल्नु नै किन पर्यो र
अथाह यादको संगालोमा
रमाउनलाई ।
यती यादमा किन आउँछौ
हर पल रुवाउनलाई
कसैले नदुखाएको मन
एकै पलमा रुवाउनलाई ।
सबैले छाडेर गएको चौतारीमा
लुकाएर सजाएको छु
दिलभित्रको खाली ठाउँमा
फेरी
सजाएर आफैलाई दुखाएको छु ।
तिम्रो हातले भरेको सिउँदो
नि त्यो पलमा देखेको छु
सम्झनामा मेरौ हौं भनी
रमाएको छु ।
२०६३ माघ १६
म्याङ्लुङ
Comments
Post a Comment