मन

 



कतै बाध्यताको शिकार

कहीँ

रहरबाटै तिरस्कार

टुटेपछि बोक्नै नसकिने

फुटेपछि सिसासंग जस्तै डराउने मन

एकान्तमा,

स्वपनील बगैंचा खडा गर्दै

पुलकित हुँदै अशिना झार्ने

टुटे फुटेको घाउँ टाल्दा टाल्दै हारेको मन

मृत्यु शैयाको पर्खाइमा

जीर्ण हुँदै डढेलोको पर्खाइमा मन

तिम्रो आहटमा प्रफुल्लित

डाँफे जस्तै

धरतीको चरणमा हराउने

घातबाट पुरस्कृत मन

कतैँ,

आमाको अस्मितामा बुट बजार्दा प्रफुल्लित

फेरी,

आफ्नै अस्तित्व रक्षाको लडाइमा पराजित

मूल्य मान्यताको अग्नीमा बर्सैं देखि जलिरहेको

हजारौं अग्नी परीक्षामा सफल भए पनि आफैंसंग पराजित मन

 

Comments

Popular posts from this blog

तिम्रो लोग्ने र म

के ख्वाउँछे