के ख्वाउँछे



 देउराली भन्ञ्याङ काँटेर जाँदा सम्झेथे उसैलाई 

मनको वह पोखी केहीबेर रौंला भनी बुझाए थें मनलाई ।

हर घुम्ती काँटी भीर पखेरामा खोजेथे उसैलाई 

ती घुम्ती मोडी बचाइ रहन खोजेथे यादलाई ।

हुन्न रहेछ केही पनि भन्न आखिरी पराईलाई 

याद धेरै दियौं संगाली रहन्छु जीन्दगी भरीलाई ।

त्यहीँ पर पुगी फर्केर हेर्दा अध्यारो भयो मन 

चढाएको पाती सुकेर गयो हात रित्तै भयो झन ।

दिनभरी डुल्ने त्यो रानी चरी गुँड खोजी फर्कन्छे

सब रित्तिइ सके ती बचेरालाई आखिर के खुवाइ निधाउँछे । 





Comments

Popular posts from this blog

तिम्रो लोग्ने र म

मन