तिम्रो लोग्ने र म
के भन्थ्यौं तिमी त्यो दिन फेरी आइदिए
उन्मुक्त भइ ती पदचाप फेरी संगै भैदिए
अनकन्टार खडेरीमा
पालुवा आइदिए ।
कुनै दिन तिम्रो लोग्ने र म
हराएका थियौं धेरै बेर प्रकृतिको छातिमा
उनकै शास्वत नियममा
न उस्ले तिमीलाई सम्झियो न मैले उस्लाई ।
दुनियाँलाई छल्दै हराएका थियौं एकान्तमा
प्रकृतिको अनुपम छटा छिचोल्दै
गोधुँली साझमा डराउँदै नेटो काटेथिऊँ
तिम्रो लोग्ने र म ।
एक सासमा वृतान्त बताउँदा
त्रिसुलको बगरमा लुटपुटिदै सागरमा हराउँदा
भ्रम वा के डराउँदै आफैंमा हराउँदा
प्रकृतिलाई नै विशाक्त बनाइ आफैंमा रमाउँदा
बिना लगाम सडकमा भेडा जस्तै कराउँदा
उस्को आधिपत्यमा आफै हराउँदा ।
तिम्रो सिउँदोको रंग ऊ
मोरो ओठमा हासो भर्ने भयो के गरुँ ?
तिमी घरमा बस आउँदिन म
उसको दिलको दरबारमा नि अब धाउँदिन
साँघुरो चार दिवारमा अटाउँदिन
घरमा बस दिलबाट हटाउँदिन म ।
Comments
Post a Comment