खास तिमी



 बोल्ने एउटा गर्ने अर्कैं, नीति थिती केही हैन

बेसुरा गीत जस्तै

सबै आफ्ना बनाउने खास तिमी

मेरो पनि आस तिमी

भनेको गरेको केही हैन, छैन

बाटो फरक परे पनि त्यसै त्यसै खास तिमी

झरेको फूल, पतझड जस्तै

अर्थहीन खास तिमी

जीउनु छैन संगै टुट्ने, छुट्ने डरै छैन

को, किन कसरी अनुत्तरीत नै

पर्खाल पारीवारी निर्देशन एउटै

ध्वसांत्मक इतिहासको खास तिमी

यात्रामा अल्पविराम

कङ्कको मिठो संगीत

सीमामा ठिंग उभिएको आकृति

बोचिएका किल्ला कोठीमा खास तिमी

शक्तिको उन्मादले उफ्रिएको

बारुदी सुरुङ भित्रको

सुरक्षा घेरामा

आमालाई नङ्याउने खास तिमी

Comments

Popular posts from this blog

तिम्रो लोग्ने र म

के ख्वाउँछे

मन