मन छ

 




सास नरोकिए सम्म तिमीसंग बोल्न मन छ

सीमा काटुन्जेससम्म

संगैसंगै हिड्न मन छ

तिम्रो मनको चौतारीमा थकाइ मार्न मन छ

थाहा छ नि पाइन्न ! तर यसैयसै बद्मासी गर्न मन छ ।


चञ्चल म, शालीन तिमी

तिमीभित्र हराउन मन छ

रोएपछिको माटो, फुटेपछिको सिसा जस्तै जस्तै

अनन्तमा, त्यही सागरमा हराउन मन छ ।


सारा पीडा तिम्रो हरी, रोइरहन मन छ

मेरा हर खुसीमा तिमीलाई सजाउन मन छ

ठेस लाग्ने तिम्रो पाउँमा फूल राख्न मन छ

सारा जीवन लुकीलुकी तिमीलाई माया गर्न मन छ


Comments

Popular posts from this blog

तिम्रो लोग्ने र म

के ख्वाउँछे

मन