re thinking
तिम्रो लोग्ने र म
के भन्थ्यौं तिमी त्यो दिन फेरी आइदिए उन्मुक्त भइ ती पदचाप फेरी संगै भैदिए अनकन्टार खडेरीमा पालुवा आइदिए । कुनै दिन तिम्रो लोग्ने र म हराएका थियौं धेरै बेर प्रकृतिको छातिमा उनकै शास्वत नियममा न उस्ले तिमीलाई सम्झियो न मैले उस्लाई । दुनियाँलाई छल्दै हराएका थियौं एकान्तमा प्रकृतिको अनुपम छटा छिचोल्दै गोधुँली साझमा डराउँदै नेटो काटेथिऊँ तिम्रो लोग्ने र म । एक सासमा वृतान्त बताउँदा त्रिसुलको बगरमा लुटपुटिदै सागरमा हराउँदा भ्रम वा के डराउँदै आफैंमा हराउँदा प्रकृतिलाई नै विशाक्त बनाइ आफैंमा रमाउँदा बिना लगाम सडकमा भेडा जस्तै कराउँदा उस्को आधिपत्यमा आफै हराउँदा । तिम्रो सिउँदोको रंग ऊ मोरो ओठमा हासो भर्ने भयो के गरुँ ? तिमी घरमा बस आउँदिन म उसको दिलको दरबारमा नि अब धाउँदिन साँघुरो चार दिवारमा अटाउँदिन घरमा बस दिलबाट हटाउँदिन म ।
Comments
Post a Comment