Posts

Showing posts from April, 2022

वेलगाम चेस

आजभोलि चेसमा एउटा मात्र गोटी चल्छ त्यो पनि वेलगाम जता मन लाग्यो त्यतै गयो खेल खुब मजाको भा छ । आवश्यक परे उसले तिम्लाई जीउँदै इटाभट्टामा जलाएर मार्छ , दिनभरि डुलेपछि साझँ एकै ठाउँमा आइपुग्छ लडखडाउँदै , लटपटिँदै , आफ्नै छोरीको अस्मिता लुट्छ ताकपरे आमालाई नै बेच्छ । गोटी वेलगाम छ , नीति छैन , नोटमा बिक्छ हिजोआज , नरम छ , चिन्छ सबैलाई फोन पनि रिसिब गर्छ , ३० पछि , हेर है उसको फोन रिसिव गर्न स्वकीय सचिव चाहिन्छ , झोला बोक्न घुँडा धसेर निजामती सेवा पास गरेको सचिव चाहिन्छ । तिमी तिम्रो गाउँलाई कसरी विकास गर्छौं भन्यो भने , भन्छ पछि गर्छु खुत्रुक फोन राख्छ , कार्यकाल सकिन्छ फोन आउँदैन , कहिल्यै भेट्दैन । फेरी खेल सुरु हुन्छ , फोन गर्छ , भन्छ तपाईँको सहयोग चाहियो , खेल जित्नु छ पाँच वर्ष त खेल्नु पर्यो नी ! छोराछोरी , नातिनातिना छन्   कमाउनु पर्यो नि घुमाएर , डुलाएर गिज्याएर भेडालाई ढाँट्नु पर्यो नि । वेलगाम , गोटीलाई कहिले लगाम लगाउ...
re thinking