कथा: उन्यु पुनः टुसायो
चैत्रको महिना, दिउसोको त्यस्तै तीन बजेको हुँदो हो, टन्टलापुर घामले टाउँको खप्नै नसक्ने गरी पोलिरहेको थियो । ललितपुर ज्वागलकको युएन पार्कमा लगाइएका काइयो, मसाला, बकाइनो प्रजातिका वनस्पति एकले अर्कालाई गिज्याउँदै आआफ्ना नयाँ पालुवा फेर्नमै व्यस्त थिए । उनीहरुलाई आफ्नो नियमित प्रकृया अघि बढाउनै आतुर थियो । छेउमा लटरम्म फूलेको असारे फूलले आफ्नो काखैमा नयाँ पालुवा हाल्न नसकेर जिङ्ग्राई रहेको उन्युलाई खिज्याइरहेको आभाष हुन्थ्यो । हो त्यही बेला, अनिता आफूलाई उन्युमा समाहित गर्दै थिई । त्यहाँका हरेक वनस्पतिमा सजीवता थियो । सबै उर्वर थिए । उनी ३३ औँ वसन्तसम्म पनि उन्यु जस्तै थिइन् । कहिल्यै नफूल्ने । उनी आफू र उन्युमा समानता देखेर खिन्न हुन पुगिन् । उनलाई लाग्यो यो उन्यु पनि आफू जस्तै छ । कहिल्यै नपुल्ने, बन्जर । सायद यसैकारण अरुले यसलाई पनि माया गर्न छाडी सकेका छन् । उनलाई लागि रहेको थियो, पार्कका हरेक वनस्पतिले उन्युलाई हेय्को दृष्टिले हेरिरहेका छन् । र त यो कठिङ्ग्रिएको छ । म जस्तै । सबैले यसलाई पनि आफूलाई जस्तै अपमानित आँखाले हेरिरहेका छन् जस्तै अनुभूति गर्न पुगिन् । उनी प्रकृतिसँग...