Posts

Showing posts from October, 2019

कविता : परिवर्तन नहुने माया

Image
अमृता बुढाथोकी ~ पतझड जस्तै दुनियाँले तिरस्कार गरेको तिमीलाई सजीव बनाउन सके भने माया दिएर जीउन सिकाए भने म दुनियाँलाई चुनौति दिएर भन्छु म सही छु । चारैतिरबाट आक्रान्त तिम्रो जीवन क्षदविच्छेद तिम्रो पाइलामा हरपल मलम लगाउन सके भने म गर्भ गरेर भन्छु म सही छु । बेसहारा तिमीलाई सहार दिएर मानवताको पाठ पढाउन सके भने दुनियाँको नजरमा म गलत भए पनि म गर्भ गरेर भन्छु म सही छु । म भोके छु, नांगो छु तै पनि म बेहद धनी छु किनकि दुनियाँको नजरमा म चोरै भए पनि मैले तिमी र तिम्रो वंशको उद्दारै गरेको छु । लाएर लाग्दै माया रोकेर, छेकेर छोकिँदैन पनि एकपटक फुप्किएर गएपछि फेरी फर्केर हात लाग्दैन माया । यो त अकारण हुन्छ भइसके पछि छिनछिनमा परिवर्तन हुने राजनीति जस्तो छिनछिनमा अन्यत्रै सर्ने नेपालको सीमाना जस्तो परिवर्तन हुँदैन माया । मायामा संघीयता हुँदैन, कुनै सीमाना र बन्देज पनि । थुनछेक त पहिरोको हुन्छ,भूक्षयको पनि दीलै क्षय भए पछि फेरी जोडिँदैन माया त्यसैले, मेरो साथमा तिमी छौं र त म धनी छु । खोजेर अधिकार र सम्पत्ति त पाइएला तर मायै मरेपछि, सहारै ढलेपछि पाएको अधिकार र सम्पत्तिले के गर्नु र ? लैजा...