Posts

Showing posts from August, 2019

क्याबिनको काम

Image
चुरोटको धुँवाले रगमगाएको क्याबिनबाट मन भरिएको बेला उनका आँखा क्षितिजतिर टोलाउँछन् । धुवाँ, कोलाहल र प्रदूषणले आकुलव्याकुल भएको त्यो क्षण उनलाई क्षितिजको उषा पनि मधुरो लाग्छ । मानौँ, क्यानभासमा आफ्नै अस्तित्वविहीन प्रतिबिम्ब ठिङ्ग उभिएर आफैलाई प्रतिप्रश्न गरेझैँ लाग्छ । कोलाहल र प्रदूषणकै बीचमा पनि आफूलाई एकैछिन ग्राहकको भीडबाट अलग गर्दा मनभित्रको बोझ नै कम भएको आभाष हुन्छ । छाती फुरुङ्ग भई आफै उडेर क्षितिज काटेर जाउँ जस्तै हुन्छ । आफ्नो तेह्रथुमको जन्मभूमिको याद आई बाल्यकालमा बिसमुरे र साठीमुरेको भीरमा लुकामारी खेलेको याद आउँछ । मनले भन्छ, आँखा चिम्लिएर एकतमासले उडिरहुँ कतै अनन्तको यात्रामा निस्किहालौँ, गई हालौँ तर उनलाई त्यहीँ जकडेर राख्ने उनको विवषताले त्यसो गर्नै दिँदैन । त्यति नै बेला मनलाई नै घोच्ने गरी तिखो स्वरमा त्यहीँ साहुँको रुखा बोलीले तानिहाल्छ, उनी भित्र पस्छिन् । आफ्नो अधमृत शरीर तथा अनुहार ढाकेको पातलो सल पन्छाउँदै ऐना अगाडि उभिन्छिन् । उत्ताउलो गरी ओठमा पोतिएको रातो लिपिस्टिक, टाढैबाट पुरुषलाई मदहोस पार्नका लागि पोतिएको पाउडर र आँखाको गाजल मिलाउँछिन् । यताउता म...