Posts

Showing posts from July, 2019

मेरी आमालाई न्याय दिलाउँछु

Image
असोज महिनाको अन्त्यतिर एक समूह मानिसको हुल पीपलको बोटमुनि बसेर राजनैतिक, सामाजिक तथा समाज परिवर्तनका कुरा गरिरहेका छन् । तिनै समूहमा बिर्खे ठूलो स्वरमा कराइरहेको छ । ‘मैले यो दुनियाँलाई राम्ररी चिनेको छु । अबको हाम्रो बाटो भनेको परिवर्तनका लागि नयाँ विचारको आगमन गर्ने हुनुपर्छ’ त्यति नै बेला सानु हस्याङफस्याङ गर्दै कोटेश्वर जाने गाडीमा चड्छे । एक पटक मात्र होइन पटक–पटक जिउँदै मरेकी सानुलाई कसले के भन्छ सुन्ने आदत छुटिसकेको छ । उसको अधरको हासो १०औँ वर्ष अगाडि नै कसैले हरेर लगिसकेको छ । अहिले त उसलाई यो समाजले एउटा नामुद उपमा दिएको छ ‘भालु’ । दुनियाँसँग सरोकार राख्नुभन्दा उनी आफ्नै पीडा र यथार्थमा जिउँदै छिन् । तीनकुनेको रङ्गीन बाहिरी दुनियाँबाट झट्ट हेर्दा लाग्छ उनी अत्यन्त खुसी छिन् । तर भोगाइको पीडा कति दर्दनाक हुन्छ भन्ने जान्नलाई अरूको हृदयमा पनि पीडाको अनुभूति हुनु पर्दोरहेछ ।  साँझ, उनी कोटेश्वर आसपासका डान्सबारमा डान्स गर्छिन् रे । अन्य समय जसले जता बोलायो त्यतै गएर अरूको यौन खोलना बन्छिन् । त्यसबापत उनी दुई चार पैसा कमाउँछिन् । त्यो पैसाले उनी आफ्नी छोरीको लालनपालन...

कथा : व्यापार केन्द्र

Image
कथा : व्यापार केन्द्र Posted on   July 24, 2019   by   Editor   कती पटक पढियो :  15 ~ अमृता बुढाथोकी ~ मलाई त्यो दिन आज पनि याद छ । खुसीले उन्मत्त मेरो मन हावासरी घरीयता घरीउत्ता नाचिरहेको थियो । मेरा लागि त्यो दिन सायद बिहानीले साझलाई र साझले बिहानीको प्रतिक्षा गर्नै हम्मे थियो । दिन र रात लुकामारी खेल्ने क्षितिजमा सूर्यले अनौठो किरण छरेर झैं प्रतीत हुन्थ्यो । कतैं खुसी, कतै उत्साहका लाली भरेझैं आभाष भइरहेको थियो । भर्खरै पहिरिएको सिउँदोको सिन्दुर, गलाको मंगलसूत्र, हातका चुराले मलाई कुनै बन्धनमा होइन संसारिक मोहमा बाँधेझै अलिअलि काउकुति, अलिअलि लज्जाको मिठो अनुभूतिसँगै कल्पनाको मिठो उडानमा प्रफुल्ल हुँदै उड्दै थिए म । तर मेरो खुसी त्यति लामो कहाँ थियो र ! घरबाट बसन्तपुर,हिले, धनकुटा, धरान, मुगलिन हुँदै काठमाडौं सम्मको यात्रैमा सबै सकियो । दिउसोको घामको प्रचण्ड तेजले झैं एकै छिनमा टाउँको पोल्यो एकै छिन पछि लगलग काप्ने तुसारो पर्‍योे । कठिङ्ग्रिएर जीउँदै मृत्युको मुखमा पुर्‍याइ दियो । तेह्रथुमको ग्रामीण परिवेश, झ्याउरे र लोकभाकाको सुसेलीमा...

कविता : गुमनाम मान्छे म

Image
कविता : गुमनाम मान्छे म Posted on   July 15, 2019   by   Editor   कती पटक पढियो :  5 ~ अमृता बुढाथोकी ~ मिलनमा निराकार तिमीलाई पूर्णआकार दिने पूर्ण वृत्त म, अनकन् उपमाले सजिने तिम्रो हृदयेश्वरी म तिम्रो आँखाको पूर्ण चन्द्रसूर्य म । तिम्रो आदेश मानुन्जेल आदर्श छोरी, दिदी, बहिनी र पत्नी म । तर, तिम्रो हीत अनुकूल तिम्रो कठपुतली बन्न नसक्दा संसारकै पनौती म वेश्या, भालु सबै म जे जे तुच्छ उपमा छन् ती सबै म कस्तो दृष्टिभ्रम हुन्छ पुरुष तिम्रो सोचमा एकैछिनमा संसारकै विकृत मान्छे म । राम्रो हुँदा तिम्रो म तिम्रो हासो खुसी सबै म कस्तो बिडम्बना ! आप्mनो लागि जीउन खोज्दा समाजकै कसिंगर म । घर,परिवार, समाज, राज्य सबै तिम्रो पेवा नीति निर्माता तिमी सोही ठाउँमा म भए पनि तिम्रो कठपुतलि मात्र म । तिम्रो लागि ननिको हुँदा संसारकै घृणित मान्छे म अचम्म ! तिम्रो इशारामा नाच्यो भने उच्च नेतृत्वमा पनि म । अस्तित्व र पहिचान खोज्दा फेरी वेश्या म । यहाँ नत क्षमताको कदर हुन्छ नत प्रतिभाको हुन्छ त केवल बासानाको । तिम्रो अतृप्त वासना पनि कस्तो ? छोडेनौं नाबालिका, आमा र ह...

कथा : दाग

Image
-अमृता बुढाथोकी त्यो दिन पनि सधैँको जस्तै थियो । चारैतिर बाक्लो कुहिरो मडारिएको थियो । अलिपरसम्म पनि नदेखिनेगरी बाक्लो तुवाँलोले ढाकेको थियो । हजारौँ मान्छेका भीडमा सुरज एक्लै बानेश्वर चोकको व्यस्त सडकमा हिँड्दै थियो । मान्छेहरू उछिनपाछिन् गर्दै एकले अर्कालाई ठेलठाल गर्दै आफ्नो गन्तव्यमा पुग्न दैडिरहेका थिए । मानौँ कसैले उसलाई देखेकै छैनन् । उनीहरूलाई क्षितिज नै काटेर जान हतार छ । सबैलाई वरिपरिका डाँडाकाँडा एकै निमेषमा पार गर्ने चटारो छ । भीडमा पनि ऊ आफूलाई एक्लै भएको पाउँछ ।  त्यही अफिस नेर झलक्क उसले एउटी अधबैंसे आइमाईलाई देख्छ । अनुहारमा शालीनता, घुमेको कपाल, गोरो वर्ण, होचो कदकी ती आइमाईले मिठो सुवास छरेर उसैको छेउबाटै गइन् । चारैतिर नजर फ्याकेर हेर्यो । उनी कता गइन् पत्तै पाएन । एकै नजरमा उनी उसको मुटुमा घण्टी बजाएर गइन् । भारी मन लिएर अफिस पुग्यो । मिटिङ हलमा तिनै आइमाई पत्रिका पढिरहेकी रहेछिन् । मिटिङ सुरु भयो । रूखो बोली, हेर्दै छुच्ची देखिने उनको नाम सन्ध्या रहेछ । मेरो नयाँ अफिसकी सिनियर स्टाफ । उनले नयाँ स्टाफलाई ओरेन्टेसन क्लास लिइन । उनको रूख...