उन्यु पुनः टुसायो
उन्यु पुनः टुसायो चैत्रको महिना, दिउसोको त्यस्तै तीन बजेको हँुदो हो, टन्टलापुर घामले टाउँको खप्नै नसक्ने गरी पोलिरहेको थियो । ललितपुर ज्वागलकको युएन पार्कमा लगाइएका काइयो, मसाला, बकाइनो प्रजातिका वनस्पति एकले अर्कालाई गिज्याउँदै आआप्mना नयाँ पालुवा फेर्नमै व्यस्त थिए । उनीहरुलाई आप्mनो नियमित प्रव्रिmया अघि बढाउनै आतुर थियो । छेउमा लटरम्म फूलेको असारे पूmलले आप्mनो काखैमा नयाँ पालुवा हाल्न नसकेर जिङ्ग्राई रहेको उन्युलाई खिज्याइरहेको आभाष हुन्थ्यो । हो त्यही बेला, अनिता आपूmलाई उन्युमा समानता भएको महसुस गर्दै थिइन् । त्यहाँका हरेक वनस्पतिमा सजीवता थियो । सबै उर्वर थिए । उनी ३३ औँ वसन्तसम्म पनि उन्यु जस्तै थिइन् । कहिल्यै नफूल्ने । उनलाई आपूm र उन्युमा समानता देखेर खिन्न हुन पुगिन् । उनलाई लाग्यो यो उन्यु पनि आपूm जस्तै छ । कहिल्यै नपुल्ने, बन्जर । सायद यसैकारण अरुले यसलाई पनि माया गर्न छाडी सकेका छन् । उनलाई लागि रहेको थियो, पार्कका हरेक वनस्पतिले उन्युलाई हेय्को दृष्टिले हेरिरहेका छन् । र त यो कठिङ्ग्रिएको छ । म जस्तै । सबैले यसलाई पनि मलाई जस्तै अपमानित आँखाले हेरिरहेका छन्...